default_image

6 years ago

March 2, 2019

रुस्लान थ्री स्टारलाई आहा रारा गोल्डकप उपाधि !

137 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले अाहा रारा गोल्डकपको उपाधि जितेको छ । त्रिभुवन अार्मी क्लबलाई सडन डेथमा ५-४ ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । निर्धारित समय १-१ को बराबरीमा र अतिरिक्त समयमा दुवै टोलीले १-१ गोल थपेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

अार्मीका लागि टेकबहादुर बुढाथोकीले खेलको पाँचौ मिनेटमा नै गोल गरेका हुन् । दायाँ विङबाट अाएको क्रसलाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका टेकबहादुर सहजै हेडरमार्फत गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा अन्नत तामाङको क्रसमा दीपक गुरुङले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा रञ्जित धिमालले गोल गर्दै खेल बराबरीमा ल्याए ।

अतिरिक्त समयको पहिलो हाफमा अार्मीका विमल पाण्डेले गोल गर्दै अार्मीलाई अग्रता दिलाए । तर दोस्रो हाफमा पिटर सेगुनले गोल गर्दै खेल पुन: बराबरीमा ल्याए । त्यसअघि खेल १-१ को बराबरीमा छँदा सुनील बल रातो कार्ड खाँदै बाहिरिएका थिए । अार्मीले पनि सुचिमा नभएका अाशीष शाक्य मैदान छिराएपछि केहिबेरमा नै निश्कासन गरेको थियो ।

अार्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र टंक बस्नेतले गोल गरे । अार्मीका विकेश कुथु र विकास खवासको प्रहार एलन न्यौपानेले बचाए । थ्री स्टारका रञ्जित धिमाल, रुपेश केसी, विक्रम लामा, अन्नत तामाङ र मिक्छेन तामाङले गोल गर्दा सुशील राईको प्रहार क्रसबारमा लागेर फर्कियो ।

यो थ्री स्टारको पाँचौ उपाधि हो । अार्मी भने हालसम्म अाहा रारा गोल्डकपमा उपाधिविहिन रहेको छ ।

February 24, 2025

फोर नेसन्स फाइनलको टिकटमा दोब्बरले वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

Success

Thank you for your time.