6 years ago
March 2, 2019
एजेन्सी – स्पेनिस फुटबलको मात्र नभएर विश्व फुटबलमै चर्चित रहेको ‘एल क्लासिको’ अर्थात रियल म्याड्रिड र बार्सिलोनाबीचको महत्वपुर्ण खेल हुँदैछ ।
खेल रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा आज राति १ः३० बजेपछि शुरु हुनेछ । पछिल्लो एक सातामा रियल र बार्सिलोना दोस्रो पटक आमने समाने हुन लागेको हो । समग्रमा यो सिजन यो चौथो भेट हो । जसमा २ हार र एक बराबरीको नतिजा रहेको छ ।
पछिल्लोपटक रियल र बार्सिलोनाले स्पेनिस कोपा डेल रे अन्तरगतको दोस्रो लेगमा प्रतिस्पर्धा गरेको थियो । जसमा बार्सिलोना ३–० ले विजयी भएको थियो । त्यसअघि यि दुई टोलीले कोपा डेल रे कै पहिलो लेगमा १–१ को बराबरी खेलेका थिए ।
यि दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । घरेलु टोली रियल अघिल्लो साता आफ्नै मैदानमा बेहोरेको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रनेछ । यस्तै रियल बार्सिलोनालाई हराएर उपाधि होड कायम राख्न चाहन्छ । तर, ला लिगामा बार्सिलोनाविरुद्धको पछिल्ला पाँच खेलमा रियलले बार्सिलोनालाई पराजित गर्न सकेको छैन । जसमा दुई बराबरी र ३ हारको नतिजा छ ।
त्यसैले पनि रियल यो सिजनको चौथो भेटमा बार्सिलोनालाई हार चखाउने योजना बुन्नेछ । रियलसँग युवा फरवार्ड भिनिसियस जुनियर, ग्यारेथ बेल, करिम बेन्जेमा, मार्काे एसेन्सियो, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो र लुकास भास्क्वेज जस्ता खेलाडीहरु रहेका छन् । तर, रियलले यो सिजन सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । अन्य भन्दा पनि रियल डिफेन्समा निकै कमजोर देखिएको छ । यसलाई सुधार्न सके रियलले बार्सिलोनालाई पराजित गर्न सक्ने क्षमता राख्दछ ।
तर, बार्सिलोनाको चुस्त फरवार्ड लाइन रोक्न रियललाई कठिन हुनेछ । कप्तान लियोनेल मेस्सी, लुइस स्वारेज, औसमाने डेम्वेले र फिलिपे कौटिन्होजस्ता खेलाडीले जुनसुकै बेला पनि गोल गर्न सक्ने क्षमता राख्दछ ।
यता, अघिल्लो सातामा निकालेको जितको लयलाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछ । बार्सिलोना ला लिगाको उपाधि होडलाई थप बलियो बनाउन चाहन्छ । ला लिगामा बार्सिलोना पछिल्ला १३ खेलमा अपरािजत छ । जसमा १० जित र ३ बराबरीको नतिजा छ । बार्सिलोनालाई मेस्सी ‘एल क्लासिको’ को सर्वाधिक गोलकर्ता (१८) गोल र लुइस स्वारेजको साथ छ । बार्सिलोनाले ला लिगामा रियलविरुद्धको पछिल्लो सबै २२ खेलमा गोल गर्न सफल भएको छ । यसैले पनि बार्सिलोना रियलमाथि हावी हुने अनुमान गर्न सकिन्छ ।
ला लिगाको २५औं चरणको खेल सकिँदा बार्सिलोना ५७ अंकसहित शीर्ष तथा ४८ अंकसहित रियल तेस्रो स्थानमा रहेको छ । रियल बार्सिलोनाभन्दा ९ अंकले पछि छ । बार्सिलोनाले रियललाई पराजित गरे दोस्रो स्थानको एट्लेटिकोसँग १० अंकको तथा रियलसँग १२ अंकको अग्रता बनाउनेछ । बराबरी या हारले पनि बार्सिलोना शीर्षस्थानमा नै रहनेछ । यता, रियलले पराजित गरे बार्सिलोना र एट्लेटिकोसँगको अंक दुरी कम गर्नेछ ।
November 15, 2024
एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]
November 15, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]
November 15, 2024
एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]