6 years ago
March 2, 2019
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना युथ प्रशिक्षक अल्भेरो बेनिटोलाई शुक्रबार बर्खास्त गरेको छ । बेनिटो यू-१९ टोलीका प्रशिक्षक रहेका थिए ।
रियलले कोपा डेल रे अन्तगतको दोस्रो लेगपछि क्यासमिरो र टोनी क्रुसमाथि गलत टिप्पणी गरेको भन्दै युथ प्रशिक्षकलाई बेनिटोलाई बर्खास्त गरेको हो । कोपा डेल रेको दोस्रो लेगमा रियल घरेलु मैदानमा बार्सिलोनासँग ३–० ले पराजित भएको थियो । रिलय समग्रमा ४–१ ले पराजित हुदै फाइनल पुग्नबाट वञ्चित बनेको थियो । यससँगै बेनिटोले एक रेडियोसँगको अन्र्तवार्तामा क्यासमिरो र टोनी क्रुसबारे गलत टिप्पणी गरेका थिए ।
बेनिटोले युरोपियन च्याम्पियन जस्तो टिम रियल मड्रिडमा समस्या त्यहाँ छ । जहाँ क्यासमिरो र क्रुसले आफ्नो स्तरभन्दा धेरै टाढा खेलिरहेका छन् भन्दै रेडियोमा अन्तरवार्ता दिएका थिए । ‘म क्यासमिरोको बारेमा कुरा गरिरहेको छु । यस समय रियल म्याड्रिडको लागि एक मिनेट पनि खेल्न पर्याप्त छैन । जब टोनी क्रुस आफ्नो गतिमा खेल्छ त्यतिबेला उत्कृष्ट देखिन्छ । तर, अहिले त्यस्तो देखिएको छैन ।’
रियलले बर्खास्त गरेको निर्णयसँगै बेनिटोले आफु यसलाई सहर्ष स्वीकार्ने बताएका छन् । बेनिटो २०१५ देखि रियल म्याड्रिडको यु–१८ टिमका प्रशिक्षक थिए । बेनिटोले सात वर्ष रियलमै खेलेका थिए । उनले २६ वर्षको उमेरमै खेल जीवनबाट सन्यास लिदै प्रशिक्षणतर्फ लागेका थिए । उनको स्थानमा रियलले रियलका पूर्व कप्तान राउल गोन्जालेजलाई नियुक्त गरिसकेको छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]