6 years ago
March 1, 2019
एजेन्सी – रियल म्याड्रिडका युवा विंगर भिनिसियस जुनियर ब्राजिलको राष्ट्रिय टोलीमा पहिलोपटम परेका छन् । मार्च तेस्रो सातामा हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक टिटेले शुक्रबार घोषणा गरेको टोलीमा अटाएका हुन् ।
ब्राजिलले मार्च २३ मा पानामा र मार्च २६ मा चेक गणतन्त्रविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । नियमित कप्तान नेयमार चोटका कारण टोलीमा नपर्दा भिनिसियसले अवसर प्राप्त गरेका हुन् । गत सिजन मात्र ब्राजिलको फ्लामेङगोबाट रियल म्याड्रिड अाइपुगेका भिनिसियसले रियलका लागि यस सिजन लगातार राम्रो प्रदर्शन गरिरहेका छन् । १८ वर्षीय उनले २६ खेलमा ४ गोल पनि गरेका छन् ।
प्रशिक्षक टिटेले भिनिसियस स्तरिय खेलाडी भएकै कारण टोलीमा पर्न सफल रहेको बताए । ‘ उनले अहिले निकै अपेक्षा गर्ने क्लबबाट खेलिरहेका छन् । उनलाई अहिले दवाव दिनुभन्दा खुलेर खेल्ने वातावरण सिर्जना गर्ने प्रयासमा छु,’ उनले भने, ‘ अहिले उनले राष्ट्रिय टोलीबाट अनुभव बटुल्न जरुरी छ । ब्राजिलको जर्सीमा खेल्दाको भावना उनले बुझुन् भन्ने मेरो चाहना छ ।’
ब्राजिलको टोलीमा रियलका अर्का खेलाडी मार्सेलो भने अटाएका छैनन् । पछिल्लो समय निकै अालोचना खेपिरहेका मार्सेलो लामो समयपछि टोलीबाट बाहिरिएका हुन् । पेरिस सेन्ट जर्मेनका डिफेन्डर ड्यानी अाल्भेसले टोलीमा पुनरागमन गरेका छन् ।
ब्राजिल टोली :
गोलरक्षक : एलीसन, एडरसन, वेभरसन
डिफेन्डर : एलेक्स सान्ड्रो, ड्यानी अाल्भेस, ड्यानिलो, फिलिपे लुइस, मार्किन्होस, थियागो सिल्भा, मिरान्डा, एडर मिलिसाअो
फरवार्ड : एभरटन, रोबर्टो फिर्मिनो, ग्याब्रिएल जेसस्, रिचार्लिसन, भिनिसियस जुनियर
मिडफिल्डर : क्यासेमिरो, एलन, अार्थर, फाबिन्हो, फिलिपे एन्डरसन, लुकास पाकेटा, फिलिपे कोउटिन्हो
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]