default_image

6 years ago

February 28, 2019

दाउफिन्स अहिले क्यामरुन नफर्कने

140 views

0 Bookmark

सुबास हुमागाईं, पोखरा

पछिल्लो समय नेपाली मोफसल फुटबलमा लगातार सफलता हात पारिरहेको दाउफिन्स फुटबल क्लब अझै नेपालमा रहने भएको छ । कुनै प्रतियोगिता खेल्ने निश्चित नहुँदापनि दाउफिन्स नेपालमै रहेर प्रशिक्षण गर्ने टोलीका कप्तानले बताएका हुन् ।

बिहीबार १७ औं आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग १-० ले पराजित हुँदै लगातार चौथो उपाधिबाट दाउफिन्स विमुख भयो । यसअघि पोखरामै भएको मनकामना कप, धरानको बुढासुब्बा गोल्डकप र बुटवलको तिलोत्तोमा गोल्डकपको उपाधि जितेको दाउफिन्सले आहा गोल्डकपमा पनि पुलिसलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

आर्मीसँग पराजित भएपछि दाउफिन्सका कप्तान जोसेफ मार्सेल इंगुलाले आहा रारा गोल्डकपमा रेफ्रीको गलत निर्णयले गर्दा पराजित हुनुपरेको बताए । ‘हामीले आजको खेल राम्रो खेल्दाखेल्दै पनि हार्यौं । रेफ्रीको निर्णयमा म एकदम दुखी छु । म यस प्रतियोगिताको व्यवस्थापन र खेलप्रेमी नेपाली समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु । तर रेफ्रीको प्रदर्शनबाट भने खुसी छैन,’ उनले भने ।

आर्मीविरुद्ध निकै प्रतिस्पर्धात्मक खेलमा रेफ्री सुदिश पाण्डेले दाउफिन्सका एक खेलाडीलाई दोहोरो पहेंलो कार्ड देखाएका थिए । खेलको अन्तिम समयमा रेफ्रीसँग विवाद गरेको भन्दै पाण्डेले कप्तान जोसेफलाई पनि पहेंलो कार्ड देखाएका थिए । यसबाहेक खेलदौरान पनि रेफ्रीको निर्णय एकपक्षीय भएको भन्दै दाउफिन्सका खेलाडी रुष्ट देखिएका थिए ।

जोसेफले नेपालका अन्य प्रतियोगितामा पनि सहभागिता जनाउने तयारी रहेको बताए । ‘हामी अझै अन्य प्रतियोगिता खेल्ने तयारीमा छौं । अहिलेसम्म यहि खेल्ने भन्ने यकिन भएको छैन । तर हामी अब प्रशिक्षणमा थप मिहिनेत गरेर अन्य प्रतियोगितामा सहभागिता जनाउन तयार छौं,’ उनले थपे ।

दाउफिन्स क्यामरुनको स्थानीय स्तरमा खेल्ने टोली रहेको कप्तान जोसेफले बताएपनि कुन श्रेणीमा खेल्ने भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । उनले आफ्नो टोलीको क्यामरुन फर्कने कुनै मनस्थिति नरहेको र अझै नेपालमा रहेर खेल्ने पनि बताए । धनगढीको खप्तड गोल्डकप खेल्न नेपाल आएको दाउफिन्सले त्यसयता लगातार मोफसलका प्रतियोगिताहरुमा खेल्दै आएको छ । सुरुवाती दुई प्रतियोगितामा पहिलो खेलमा पराजित दाउफिन्सले त्यसपछि भने लगातार तीन उपाधि जितेको थियो ।

यो पनि : ‘दाउफिन्सलाई मान्यता दिएका छैनौं’ – एन्फा अध्यक्ष शेर्पा

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.