6 years ago
February 28, 2019
एजेन्सी – रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा सानदार जित दर्ता गर्दै बार्सिलोनाले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ ।
बुधबार भएको दोस्रो लेगमा लुइस सुआरेजको दुई गोलमा बार्सिलोनाले ३-० को जित दर्ता गरेको हो । यससँगै समग्रमा बार्सिलोना ४-१ को जितसँगै प्रतियोगिताको उपाधि भिडन्तमा पुगेको छ । यसअघि क्याम्प नोउमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।
खेलको ५० औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६९ औं मिनेटमा राफेल भारानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो । नेल्सन सेमेडोको क्रस सुआरेजसम्म पुग्नु अघि भारानेले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।
खेलको ७३ औं मिनेटमा बार्सिलोनाले अग्रता बढाउने मौका पायो । क्यासेमिरोले सुआरेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा सुआरेजले सहजै गोल गरे । थप समयमा गोल हुन नसक्दा बार्सिलोना फाइनल प्रवेश गर्न सफल रहयो ।
बार्सिलोनाले यस जितसँगै लगातार छैटौंपटक फाइनल यात्रा तय गरेको छ । लगातार चार सिजन उपाधि जित्दै आएको बार्सिलोना लगातार पाँचौ उपाधि जित्ने दाउमा छ । फाइनलमा बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसको खेलको विजेतासँग खेल्नेछ ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]