6 years ago
February 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले विभागीय टोली नेपाल एपीएफक्लबलाई टाइब्रेकरमा पराजित गर्दै आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । थ्री स्टार टाइब्रेकरमा ४-२ ले विजयी रहयो ।
पोखरा रंगशालामा बुधबार निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । यसअघिका खेलमा अतिरिक्त समयमा खेल लम्ब्याएपनि मौसम प्रतिकूलताका कारण खेलअघि नै दुवै टोलीले ९० मिनेटसम्म बराबरी भएको खण्डमा सिधै टाइब्रेकरमा पुग्ने सहमति गरेका थिए ।
टाइब्रेकरमा रुस्लान थ्री स्टारका लागि रञ्जित धिमालले पहिलो प्रहार गोलमा परिणत गरे । लगत्तै एपीएफको लागि पहिलो पेनाल्टी लिएका गरेका सुदीप सिख्राकरको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । थ्री स्टारका बुद्ध चेम्जोङको प्रहारलाई रोमन रसाइलीले विफल पारेपछि एपीएफका आशिष लामाले गोल गर्दै स्कोर बराबरमा ल्याए ।
सुनील बलले थ्री स्टारको तेस्रो प्रहार टप कर्नरमा गोल गर्दा एपीएफका सन्तोष कटुवालले पनि कुनै गल्ति गरेनन् । त्यसपछि थ्री स्टारका रुपेश केसीले सहजै गोल गर्दा एपीएफका विकि लामाले निकै खराब पेनाल्टी लिँदै प्रहारलाई पोस्टको दिशा दिन सकेनन् । त्यसपछि अनन्त तामाङले पाँचौ पेनाल्टीमा गोल गर्दै थ्री स्टारको फाइनल यात्रा तय गरे ।
दोस्रो सेमिफाइनलमा बिहीबार त्रिभुवन आर्मी क्लब र दाउफिन्स फुटबल क्लब खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]