6 years ago
February 27, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार लन्डनको दुई टोली चेल्सी र टोटेनहम हट्स्पर आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार राति १:४५ बजे स्टामफर्ड ब्रिजमा हुनेछ ।
चेल्सी आइतबर भएको लिग कप फाइनलमा म्यानचेस्टर सिटीसँग टाइब्रेकरमा पराजित हुँदै सिजनको पहिलो उपाधि जित्न असफल रहेको थियो । उक्त खेल गोलरक्षक केपा अर्रिजाबगला र प्रशिक्षक माउरिजियो सार्रीको विवादका कारण विशेष चर्चामा आएको थियो । त्यसयता दुवै प्रशिक्षक र गोलरक्षकले एक आपसमा समन्वय नहुँदा उक्त अवस्था सिर्जना भएको स्वीकारेका छन् । यद्यपी प्रशिक्षक सार्रीले केपालाई खेलाउने-नखेलाउनेबारे यकिन जानकारी दिएका छैनन् । चेल्सीले क्यलम हड्सन ओडोई र रुबेन लोफटस चेकलाई मौका दिने सम्भावना छ ।
यता टोटेनहमका प्रशिक्षक मौरीचियो पोचेटिनो पनि बर्नलीविरुद्ध पराजित भएपछि रेफ्रीसँग विवाद गरेका कारण कारवाहीमा पर्ने सम्भावना रहेको छ । उनले यस खेलका लागि एरिक डाएर र डेले अलीको साथ पाउने छैनन् । फरवार्ड ह्यारी केन पछिल्लो खेलमा चोटबाट फर्केर गोल गर्नु टोटेनहमका लागि सुखद पक्ष रहेको छ ।
टोटेनहमले प्रिमियर लिगमा पछिल्लो ४ खेलमा ३ पटक चेल्सीलाई पराजित गरेको छ । सन् १९७०-७१ यता चेल्सीले लिगको दुवै खेलमा चेल्सीसँग पराजय भोगेको छैन । चेल्सीले पछिल्लो १५ खेलमा जम्मा १८ गोल गरेको छ । सिजनको सुरुवाती ११ खेलमा चेल्सीले २७ गोल गर्न सफल भएको थियो । पोचेटिनोले चेल्सीविरुद्ध ४ खेल जितेका छन् । यो संख्या बाँकी सबै टोटेनहम प्रशिक्षकको सफलता जोडेभन्दा बढी हो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]