6 years ago
February 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ । मंगलबारको अन्तिम क्वाटरफाइनलमा दाउफिन्सले नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
दाउफिन्सले अब बिहीबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले हिमालयन शेर्पा क्लबलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अर्को सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लब र नेपाल एपीएफ क्लब खेल्नेछन् ।
थ्री स्टारले सोमबार युनाइटेड सिक्किम फुटबल क्लबलाई ५-२ ले पराजित गरको थियो । उक्त खेलमा अनिल गुरुङले प्रतियोगिताको एकमात्र ह्याट्रिक पनि गरे । एपीएफले लिग विजेता मनाङलाई १-० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]