6 years ago
February 26, 2019
पोखरा (हाम्रो खेलकुद) – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार पराजित भएको विभागीय नेपाल पुलिस क्लबले मंगलबार आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा दाउफिन्स फुटबल फ्यामिली क्यामरुनको टोलीसँग फेरि हार बेहोरेको छ । पुलिसले तिलोत्तमा गोल्डकपको फाइनलमा दाफिन्ससँग सडनडेथमा हारेको थियो ।
पोखरा रंगशालमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पुलिस अतिरिक्त समयमा दाफिन्ससँग २–१ ले पराजित भएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा यान्निकले गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए ।
त्यसअघि खेलको ३७औं मिनेटमा बिजिक बिजिकको गोलबाट दाफिन्सले खेलमा अग्रता बनाएको थियो । कर्नरबाट आएको बललाई पुलिसका गोलरक्षक अघि बढेर रोक्ने प्रयास गरेपनि असफल हुदा बिजिकले बक्सभित्रबाट गरेको हाफ भली प्रहार सिधै गोलमा परिणत भएको थियो ।
खेल सकिनै लाग्दा सुमन लामाको क्रसमा सुमन सुवेदीले हेड गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए । तर, पुलिसले दाफिन्सलाई अतिरिक्त समयमा रोक्न सकेन । खेलको अन्तिम समयमा पुलिस १० खेलाडीमा समेटिएको थियो । पुलिसका हरि कठायत रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लब र रुस्लन थ्री स्टार क्लबबीच खेल हुनेछ । बिहीबार हुने दोस्रो सेमिफाइनलमा आर्मीले दाफिन्सको सामना गर्नेछ ।
November 15, 2024
एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]
November 15, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]
November 15, 2024
एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]