default_image

6 years ago

February 26, 2019

मेसी र रोनाल्डोद्वारा पनि परिवर्तन गर्दा अटेर

118 views

0 Bookmark

एजेन्सी – चेल्सीका गोलरक्षक केपा अर्रिजाबगलाले म्यान्चेस्टर सिटीविरुद्ध लिग कप फाइनलमा प्रशिक्षक माउरिजियो सार्रीले परिवर्तन गर्न खोज्दा अटेर गर्दै मैदान बसेपछि उनको धेरै आलोचना भयो । क्लबले गोलरक्षक केपालाई एक साताको तलब जरिवाना लिएर कारवाही नै गर्यो । उनको चौतर्फी आलोचना पनि भयो ।

विश्व फुटबलमा यो नौलो घटना भने थिएन । लिग कपको फाइनल र खेल टाइब्रेकरतर्फ धकेलिँदै गर्दा गोलरक्षकले त्यसो गर्नाले उक्त घटनाले ठुलो चर्चा पायो । यसअघि पनि विश्वका चर्चित खेलाडीहरुले प्रशिक्षकको निर्णयका विपरित मैदानमा रहन जिद्दी गरेका छन् । विगतको दशक ब्यालोन डी’ओर उपाधिमा दबदबा बनाएका क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसी दुवैले आफ्नो करिअरमा यस्तो व्यवहार गरेका छन् ।

सन् २०१४ अक्टोबरमा बार्सिलोनाका प्रशिक्षक लुइस इन्रिकेले फरवार्ड लिओनेल मेसीलै परिवर्तन गर्न तयारी गरे । घरेलु मैदानमा एइबारविरुद्ध ३-० को अग्रता लिएको अवस्थामा उनले आफ्ना मुख्य खेलाडीलाई विश्राम दिन चाहेका थिए । तर मेसीले उनको आग्रह नकारे । एन्रिकेले मुनिर एल हद्दादीलाई मैदान छिराउने तयार गरिसकेको स्थितिमा मेसीले नमानेपछि नेयामर मैदानबाहिर जाँदै मुनिरलाई खेल्न स्थान दिएका थिए ।

यसैगरी पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पनि सन् २०१७ अप्रिलमा बायर्न म्युनिखविरुद्ध च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रशिक्षक जिनेदिन जिदानले परिवर्तन गर्ने प्रयास गर्दा उक्त प्रयास नकारेका थिए । त्यसअघि सन् २०१० मा ज्लाटन इब्राहिमोभिचले एसी मिलानमा गोलको खुसी मनाउँदा चोट बोकेपछि प्रशिक्षकले परिवर्तन गर्न खोज्दा बाहिर निस्कन नकारेका थिए ।

बाहिर निस्कने नमान्ने त छँदै छ, सन् २०११ सेप्टेम्बरमा म्यानचेस्टर सिटीका कार्लोस टेभेजले प्रशिक्षकले बेन्चबाट मैदान प्रवेश गराउन खोज्दा जान नमानेपछि लामो समय मैदानबाहिर नै रहनुपरेको थियो ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.