6 years ago
February 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तिलोत्तमा गोल्डकपको २१ औ संस्करणको विजेता दाउफिन्सले सोमबार फाइनल खेल जितेपछि पुरस्कार राशी नगद मै पाएको छ ।
प्रतियोगिता आयोजक रुपन्देही जिल्ला फुटबल संघले विजेतालाई ८ लाख ८० हजार रुपैयाँ नगद नै प्रदान गरेको एन्फा रुपन्देहीका अध्यक्ष दिर्घ बहादुर केसी(कुमार)ले जानकारी दिए । यसअघि पोखरामा सञ्चालन भएको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ को समेत विजेता रहेको दाउफिन्सले अहिले सम्म उक्त प्रतियोगिताको भने पुरस्कार रकम नपाएको बुझिएको छ । यता धरानमा भएको बुढासुब्बा गोल्डकपको पुरस्कार राशी पनि दाउफिन्सले उपाधि जित्नेबितिकै पाएको थियो ।
दुई साता अघि अखिल नेपाल फुटबल संघ कास्कि द्धारा सञ्चालित उक्त फुटबलको फाईनलमा विभागीय टिम एपीएफलाई १-० ले पराजित गर्दै ७ लाख ५५ हजार रुपैयाँ पुरस्कार सहित कप उठाएको दाउफिन्सले नगद पुरस्कार नपाई चेक पाएका थिए । दाउफिन्सलाई आयोजकले पछाडीको मिति राखी चेक दिएको थिए । दाउफिन्सका प्रबन्धक सुगन तन्डुकारका अनुसार आयोजकले पैसा नउठेका कारण पछिल्लो मितिको चेक दिएको बताए ।
‘अहिले पैसा हरु सबै उठेको छैन । स्पोन्सर बाट पनि उठन बाँकी छ भन्दै ब्याक डेट चेक दिन्छौ भन्नु भयो । हामीले सरसल्लाह गरी समझदारीमा ब्याक डेटको चेक लियौ । खबर गरे पछि बैंकबाट सटही गर्नु होला भन्नु भएको छ प्रतिक्षामा छौं,’ तन्डुकारले भने । पोखरामा उपविजेता बनेको एपीएफले पनि पुरस्कार बापतको रकम अहिले सम्म प्राप्त नगरेको बुझिएको छ । पोखरामा भएको प्रतियोगिताको पुरस्कार वितरणमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा नै सामेल रहेका थिए । शेर्पा आफैंले दुई दिनअघि दाउफिन्स एन्फाले मान्यता नदिएको टोली रहेको बताएका थिए ।
यो पनि : ‘दाउफिन्सलाई मान्यता दिएका छैनौं’ – एन्फा अध्यक्ष शेर्पा
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]