6 years ago
February 26, 2019
न्यूयोर्क (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायने रुनीले बालोन डी ओरका लागि उनको मत पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई जाने प्रष्ट पारेका छन् ।
यो वर्षको बालोन डी ओर रियल म्याड्रिडका लुका मोड्रिचले जितेका थिए । लगातार तीन पटक च्याम्पियन्स लिग जितेका कारण पनि रोनाल्डोले बालोन डी ओर जित्नु पर्ने रुनीको धारणा छ ।
मोड्रिचले बालोन डी ओर अघि फिफा उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए । रसियामा भएको विश्व कपमा क्रोएसियालाई फाइनल सम्म पुर्याउन मोड्रिचले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रियलले लगातार तीन च्याम्पियन्स लिग जित्दा मोड्रिच पनि त्यसको सदस्य थिए ।
थुप्रै समर्थक, खेलाडीहरुको जस्तो रोनाल्डोले बालोन डी ओर जित्नुपर्ने मत रुनीको छ । यद्दपी मोड्रिच विश्वकपमा उत्कृष्ट खेलाडी रहेको उनले स्वीकारे । ‘लुका प्रतिभावान खेलाडी हुन् । मलाई लाग्छ उनको पास दिने तरिका गज्जब छ । उनले बललाई पनि राम्ररी अघि बढाउछन्,’ रुनीले भने,’ हेर्दा उनी त्यस्तो तीब्र गतिका देखिदैनन् । तर उनीसँग खेल्न सहज छैन । उनी उत्कृष्ट खेलाडी हुन् र उनको खेल जीवन सफल छ । ‘
मोड्रिच विश्व कै उत्कष्ट खेलाडी हुन् भन्ने नलाग्ने पनि रुनीले प्रष्ट पारेका छन् । ‘वर्ष भरीको प्रदर्शन हेर्दा लाग्छ’ , उनले भने, ‘पक्कै हो । रियलमा उनको यो वर्ष राम्रो रह्यो । त्यस्तै क्रोएसियाको कप्तानका रुपमा पनि उनले राम्रो गरे ।’ आफुले भोट गर्ने हुँदा रोनाल्डोलाई भोट दिने पनि रुनीले प्रष्ट पारेका छन् ।
रोनाल्डो यहि सिजनको सुरुवातमा रियलबाट युभेन्ट्स पुगेका थिए । च्याम्पियन्स लिगका सफल खेलाडी रोनाल्डो यसपटक फरक टोलीबाट छन् । उनको टोली अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडसँग पराजित भएको थियो ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]