default_image

6 years ago

February 25, 2019

प्रशिक्षकले परिवर्तन गर्न खोज्दा गोलरक्षकले मैदान छाड्न नमानेपछि..

125 views

0 Bookmark

एजेन्सी – इंग्लिस लिग कप अन्तर्गत आइतबार म्यानचेस्टर सिटीले चेल्सीलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै उपाधि जित्यो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयमा दुवै तर्फबाट गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलमा टाइब्रेकर सुरु हुनुभन्दा केहि बेर अगाडी निकै आश्चर्यजनक घटना घट्यो । चेल्सीका गोलरक्षक केपा अर्रिजबगालाले नियमित खेल अवधिमा चेल्सीका थुप्रै आक्रमण विफल पारे । यसक्रममा उनी केहि घाइते पनि देखिएका थिए । प्रशिक्षक सार्रीले टाइब्रेकरका लागि उनको स्थानमा वैकल्पिक गोलरक्षक विली काबालेरोलाई ल्याउने तयारी गरे । तर, रेफ्रीले खेलाडी परिवर्तन हुने बोर्ड देखाउँदा केपाले बाहिर निस्कन मानेनन् ।

प्रशिक्षक सार्री आफैंले उनलाई बाहिर आउन भने । तर केपाले कुनै हालतमा मैदान छाड्न मानेनन् । उनले डिफेन्डर डेविड लुइज र कप्तान सेजार एज्पिलीक्वेटालाई पनि सोहि संदेश दिन भने । सार्री रिसले चुर हुँदै बेन्चमा फर्किए । उनको हाउभाउले उनको रिस असामान्य रहेको प्रष्ट देखिन्थ्यो । सहायक प्रशिक्षक जियाफ्रान्को जोलाले पनि केपालाई बाहिर आउन भने तर उनले मानेनन् । केपाले लगातार मैदान बाहिरिन अस्विकार गरेपछि रेफ्री जोन मसले प्रशिक्षकसँग छलफल गरे र खेल सुचारु गरे ।

टाइब्रेकरमा केपाले लेरोय सानेको पेनाल्टी रोकेपनि चेल्सी विजयी हुन सकेन । जोर्जिन्होको प्रहार रोकिनु र लुइजको पेनाल्टी पोस्टमा लगेर फर्कनु चेल्सीको लागि दुर्भाग्य रहयो । खेलपछि पत्रकारसँग बोल्दै सार्रीले केपासँग उचित समन्वय गर्न नसक्दा यस्तो समस्या आएको बताए । ‘हामीले केपा चोटका कारण खेल्न सक्दैनौं भन्ने बुझेका थियौं । त्यसैले परिवर्तन गर्न चाहेका थियौं । टोलीका डाक्टर बेन्चमा फर्केपछि मात्र हामीले सहि स्थिति बुझ्यौं । केपाले गर्न चाहेको कदम ठिक थियो, हेर्दा मात्र केहि नराम्रो देखिएको हो,’ उनले भने ।

यता केपाले पनि आफूले प्रशिक्षकलाई अटेर नगरेको भन्दापनि आफ्नो स्वास्थ्य स्थिति ठिक रहेको बताउन चाहेको जानकारी दिए । ‘मैले डाक्टरलाई ठिक छु भनेको थिएँ, तर प्रशिक्षकले गलत संदेश पाएर परिवर्तन गर्न खोजेकोले यस्तो हुन पुग्यो । मेरो आशय प्रशिक्षकलाई अटेर गर्ने थिएन,’ केपाले थपे ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.