default_image

6 years ago

February 25, 2019

दुई ‘भीएआर’ पेनाल्टीमा रियलको जित

91 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले आइतबार भएको खेलमा लेभान्तेलै २-१ ले पराजित गरेको छ । रियलले गरेको दुवै पेनाल्टी गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मदतले टिकेको थियो ।

खेलको ४३ औं मिनेटमा लुका मोड्रीचको क्रसलाई एनिस बार्धीले मुख बचाउन खोज्दा हातले लागेपछि पनि पेनाल्टी दिएका थिएनन् । तर उनले भीएआरको सहयता लिँदै रियललाई पेनाल्टी दिए । करीम बेन्जेमाले उक्त पेनाल्टीमा गोल गर्दै रियललाई अगाडी बढाए । पहिलो हाफमा लेभान्तेका रोजर मार्टिको दुई प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

रोजरले खेलको ६० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७८ औं मिनेटमा रियलले अर्को पेनाल्टी पायो । चेक डुकुरेले क्यासेमिरोलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले रियललाई पेनाल्टी दिए । लेभान्तेका खेलाडीहरुले क्यासेमिरोले डाइभ गरेको भनेपनि भीएआर टोलीसँग छलफल पछि रेफ्रीले आफ्नो निर्णय कायम राखे । बेलले उक्त पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाए ।

यता लेभान्तेको दुई पेनाल्टी अवसरलाई भने रेफ्रीले नकार्दै भीएआरको सहयता पनि लिएनन् । ड्यानी कर्भाजलले लुइस मोरालेसलाई गरेको फल र राफेल भारानेको ह्यान्डलाई रेफ्रीले उचित कारवाही गर्न सकेनन् । रियलका नाचो फर्नान्डेज ८४ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए । लेभान्तेका रुबेन रोसिनापनि बेन्चमा रहेको अवस्थामा दोस्रो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भए ।

यस जितसँगै रियल तेस्रो स्थानमा यथावत नै छ । रियलको २५ खेलमा ४८ अंक भएको छ । शीर्षस्थानको बार्सिलोनाले २५ खेलमा ५७ अंक जोड्दा दोस्रो स्थानको एतलेटिकोले २५ खेलमा ५० अंक जोडेको छ ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.