default_image

9 years ago

April 24, 2016

ईपीएलमा ठुला टिमहरुको फरकिलो जित

112 views

0 Bookmark

गत राती भएको ईपीएलको खेलहरुमा ठुला टिमहरुले जीत हासिल गरेका छन । हिजोको खेलहरुमा  चेल्सी, म्यान्चेस्टर सिटी र साउथह्याम्प्टन बिजय भएका थिए भने लिभरपुलले ड्र खेलेको थियो । 

hazard

उपाधिको होडबाट बहिरिसकेको म्यान्चेस्टर सिटीले स्टोक सिटीलाई ४-०ले पराजित गर्दा इहीयनाचोले दुइ तथा अगुएरो र फेर्नान्डोले १-१ गोल गरे ।  अर्को खेल मा साउथह्याम्प्टनले रेलिगेट भैसकेको एस्टन भिल्लालाई ४-२ले पराजित गरेको थियो, बिजय टोलिका लागि टाडिजले दुइ तथा शेन लङ र मानेले १-१ गोल गरेका थिए ।  

लिभरपुल भने रेलिगेसनसँग लडिरहेको न्यूकासलसँग आफ्नै मैदानमा २-२को ड्र खेल्न बाध्य भयो, लिभरपुलको लागि स्टरिज ले र लालानाले १-१ गोल गरे भने न्यूकासलको लागि सिजे र कोलबाकले गोल गरे ।

यो सिजन एकदमै आलोचना खेपिरहेको चेल्सीले बोर्नेमाउथलाई ४-१ले पराजित गर्‍यो, चेल्सीको जितमा धेरै पछी ईडेन हाजार्ड नायका भए उन्ले दुइ गोल गरेका थिए । अगिल्लो सिजनको बेस्ट प्लेयार हाजार्ड को यो सिजनको पहिलो गोल पनि हिजै सम्भब भएको थियो । चेल्सीको लागि अन्य गोल विलियन र पेड्रोले गरेका थिए ।

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

Success

Thank you for your time.