default_image

6 years ago

February 24, 2019

महर्जन यू-२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकका रुपमा रहेका प्रशिक्षक बालगोपाल महर्जनले नेपाल यू-२३ पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

एन्फाले आइतबार स्विडिस प्रशिक्षक योहान कालीनलाई सिनियर राष्ट्रिय टोलीको भूमिकामा नियुक्त गरेसँगै यू-२३ टोलीको जिम्मेवारी महर्जनलाई सुम्पिएको हो । यसअघि कालीनले नै यू-२३ टोली हेर्ने भनिएपनि मलेसियाविरुद्ध मार्च २५ मा हुने मैत्रीपूर्ण खेल एएफसी यू-२३ च्याम्पियनसिप छनोटसँग जुधेकाले कालीनले राष्ट्रिय टोलि हेर्नेछन् ।

यू-२३ च्याम्पियनसिप छनोट एकै समय रहेकाले राष्ट्रिय टोलीमा सबै सदस्य भने उपलब्ध हुने छैनन् । नेपालले एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा मार्च २२ देखि २६ सम्म प्रतिस्पर्धा गर्दैछ । नेपालको समूहमा आयोजक कतारसँगै अफगानीस्तान र ओमान रहेका छन् ।

प्रशिक्षकको जिम्मेवारी पाएपछि महर्जनले समूहमा अन्य टोली निकै राम्रो स्तरको भएपनि आफ्नो सक्दो प्रयास गर्ने बताए । ‘राष्ट्रिय टोलीमा खेल्ने स्तरका खेलाडी पनि टोलीमा छन् । अब दुवैतर्फ सन्तुलित टोली बनाएर तयारी अगाडी बढाउने छौं । अबको केहि दिनमा हामीले प्रशिक्षण सुरु गर्ने छौं । प्रतियोगिता आउन ३ सातामात्र बाँकी रहेकाले छोटो तयारीमा जाँदैछौं,’ उनले भने ।

साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका महर्जनले नेपाललाई सेमिफाइनलसम्म पुर्याएका थिए । उनले त्यसअघि उमेर समूहको टोलीको पनि जिम्मेवारी सम्हालेका छन् । सन् २०१५ मा साफ यू-१९ च्याम्पियनसिप जित्दाका अधिकांश खेलाडी यसपटक यू-२३ टोलीमा रहने सम्भावना छ । त्यसबेला टोलीको प्रशिक्षक बालगोपाल नै थिए ।

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.