6 years ago
February 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एक गोलले पछि परेको स्थिति उल्ट्याएर विभागीय त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै १७औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
पोखरा रंगशालामा आइतबार भएको खेलमा आर्मीले ३–१ को पुनागमन जित निकल्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो । आर्मीको पुनरागमन जितमा नवयुग श्रेष्ठले दुई तथा जर्ज प्रिन्स कार्कीले एक गोल गरे । शेर्पाका प्याट्रिक गोहाले एक गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा शेर्पाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । २७औं मिनेटमा प्याट्रिक गोहाले त्रिदेव गुरुङको पासमा गोल गर्दै शेर्पालाई शुरुवाती अग्रता दिलाएको थियो । तर, शारीरिक रुपमा बलिया आर्मीलाई शेर्पाले दोस्रो हाफमा रोक्न सकेन ।
दोस्रो हाफको ७१औं मिनेटमा आर्मीले बराबरी गोल फर्कायो । सन्तोष तामाङको फ्रिकिकमा नवयुगले हेडमार्फत बराबरी गोल फर्काएका थिए । ८०औं मिनेटमा नवयुगले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाएका थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई ३–१ को जित दिलाए । कप्तान भरत खवासको शक्तिशाली प्रहारलै शेर्पाका गोलरक्षक किशोर गिरीले विफल पारेपनि रिवाउन्डमा जर्जप्रिन्स गोल गर्न सफल भए ।
दुई गोल गरेका आर्मीका नवयुग श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया पाए । प्रतियोगितामा सोमबार रुस्लान थ्री स्टार क्लब र युनाइटेड सिक्किम भारतबीच खेल हुने आयोजक सहारा क्लबले जनाएको छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]