6 years ago
February 24, 2019
एजेन्सी – कप्तान लिओनेल मेस्सीले ५०औं ह्याट्रिक पूरा गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ ।
खेल अवधिभर दुई पटक पछाडी परेपनि मेसीले लगातार गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो । खेलको २२ औं मिनेटमा विसाम बेन यड्डरको पासमा जेसस नाभासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै मेसीले इभमन राकिटिचको पासमा भलीमार्फत बराबरी गोल फर्काए ।
पहिलो हाफको ३ मिनेट समय बाँकी रहँदा सेभिल्ला पुन: अगाडी बढ्यो । पाब्लो सराबियाको पासमा ग्याब्रिएल मर्साडोले गोल गर्दै अग्रता बनाए । पहिलो हाफमा २-१ ले पछाडी परेको बार्सिलोनाकोले दोस्रो हाफमा ३ गोल फर्काउन सफल भयो ।
मेसीले ६७ औं मिनेटमा ओस्मान डेम्बेलेसँग सहकार्य गर्दै बार्सिलोनाको लागि बराबरी गोल फर्काए । खेलमा ५ मिनेट समय बाँकी रहँदा मेसीले नै गोल गर्दै बार्सिलोनालाई खेलमा पहिलो पटक अग्रता दिलाए । उनले उत्कृष्ट चिप सटमा गोल गर्दै गोलरक्षकलाई झुक्याए । इन्ज्युरी समयमा मेसीकै पासमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
मेसीेले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै करीअरमा ६ सय ५० गोलको आकडा पनि पूरा गरे । उनले ५० औं ह्याट्रिक पूरा गर्दा जारी सिजन लिगमा गोल संख्या पनि २५ पुर्याए । उनी सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा रहेका छन् ।
बार्सिलोना जितसँगै अंक तालिकाको शीर्ष स्थानमा १० अंकले अगाडी छ । बार्साको २५ खेलमा ५७ अंक छ भने एट्लेटिको २४ खेलमा ४७ तथा रियल २४ खेलमा ४५ अंक जोडेर शीर्ष तीनमा अटाएका छन् ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]