6 years ago
February 23, 2019
दीपक न्यौपाने, बुटवल
विक्रम धिमालले दुई गोल गरेपछि भ्याली च्यासल युवा क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब तिलोत्तोमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बुटवलमा भएको खेलमा पुलिस ३-१ ले विजयी रहयो ।
पुलिसका लागि विक्रम धिमालले पहिलो हाफको १५ औं मिनेटमा गोल गरेका थिए । विक्रमले नै दोस्रो हाफको ५७ औं मिनेटमा गोल गरेपछि पुलिस बलियो स्थीतिमा पुग्यो । रवी पासवानले खेलको ८० औं मिनेटमा गोल गर्दै पुलिसको जित सुनिश्चित पारे । इन्ज्युरी समयमा च्यासलका लागि सन्तबहादुर गुरुङले सान्त्वना गोल फर्काए ।
खेलमा दुइ गोल गरेका नेपाल पुलिस क्लबका विक्रम धिमाल म्यान अफ द म्याच बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे । पुलिसले सोमबार हुने फाइनलमा दाउफिन्स फुटबल क्लबको सामना गर्नेछ । दाउफिन्सले पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही-११ लाई पराजित गरेको थियो ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]