default_image

6 years ago

February 23, 2019

सेभिल्लाले बार्सिलोनाको आतिथ्यता गर्दै

105 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा आज राति सेभियाले शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजेपछि सेभिल्लाको घरेलु मैदान रामन साञ्चेज पिज्वानमा हुनेछ ।

घरेलु टोली सेभिल्ला बार्सिलोनालाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ । सेभिल्लाले बार्सिलोनालाई पछिल्लोपटक २४ जनवरीमा भएको कोपा डेल रेको क्वाटरफाइनलमा २–० ले पराजित गरेको थियो । तर, दोस्रो लेगमा सेभिल्लाले ६–१ को हार बेहोरेको थियो ।

सेभिल्ला पहिलो लेगमा पाएको सफलता दोहो¥याउने तथा दोस्रो लेगमा बेहोरेको नमिठो हारको बदला लिने लक्ष्यमा हुनेछ । घरेलु मैदानमा सेभिल्लाले राम्रो खेल पस्कने गर्दछ । हालसम्म सेभिल्ला बार्सिलोनासँग घरेलु मैदानमा १७ जित र ५ बराबरीको नतिजा रहेको छ । सेभिल्लासँग पाब्लो साराविया, आन्द्रे सिल्भा, इभर बनेगा र एरानाजस्ता खेलाडीहरु रहेका छन् ।

यता, बार्सिलोना घरेलु मैदानमा सेभिल्लालाई पराजित गर्दै आफ्नो शीर्षता थप पकड बनाउने लक्ष्यमा हुनेछ । बार्सिलोनाले पछिल्लोपटक सेभिल्लालाई ६–१ को फराकिलो जित निकालेको थियो । त्यही जितलाई बार्सिलोना निरन्तरता दिने योजनामा प्रतिस्पर्धा गर्नेछ ।

टिममा मेस्सीको मध्यम प्रदर्शन र अर्का फरवार्ड लुइस स्वारेजको खराव फर्म बार्सिलोनाको लागि चुनौती हुनेछ । तर, यसबाहेक बार्सिलोनासँग औसमाने डेम्वेले, फिलिपे कौटिन्हो, इभान राकिटिच, सर्जि रोबर्टाे, जेराड पिके र आर्थरजस्ता स्तरीय खेलाडीको जमघट छ । ला लिगामा बार्सिलोनाले सेभिल्लालाई ८१ पटक हराएको छ । सेभिल्लाविरुद्ध कप्तान लियोनेल मेस्सीले सबै प्रतिस्पर्धामा ३३ गोल गरेका छन् । त्यसैले पनि मेस्सी सेभिल्लाविरुद्धको खेलमा हावी हुने देखिएको छ ।

बार्सिलोना २४ खेलबाट ५४ अंक जोडेर लिगको शीर्षस्थानमा रहँदा सेभिल्ला समान २४ खेलबाटै ३७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभिल्लालाई पराजित गर्न सके बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी १० मा पु¥याउने छ । यद्दपि एट्लेटिकोले एक खेल कम खेलेको हुनेछ । बराबरीले ८ अंकको अग्रता बनाउने छ । यता, सेभिल्लाले बार्सिलोनालाई पराजित गर्न सके अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई थप मजवुत बनाउनेछ ।

November 15, 2024

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]

November 15, 2024

विश्व विजेता अर्जेन्टिनाको हार

एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]

November 13, 2024

नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक ताजिकिस्तानसँग आज भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ४-० पराजित भएको छ। पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोलको सामना गरेको थियो। थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टोली गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की […]

Success

Thank you for your time.