default_image

6 years ago

February 23, 2019

रोहित पर्सिजामा पुन: अनुबन्धित

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको लिग च्याम्पियन क्लब पर्सिजा जाकार्तामा पुन: अनुबन्धित भएका छन् । यसअघि नयाँ सिजनको सुरुवातमा रोहितको माग पूरा गर्न नसकेको भन्दै क्लबले अर्का खेलाडी लिएपनि क्लबले उनलाई फिर्ता बोलाउने निर्णय लिएको हो ।

गत सिजन पर्सिजालाई इतिहासकै पहिलो लिग उपाधि दिलाउने क्रममा रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । पर्सिजाले नयाँ सिजनका लागि प्रशिक्षक परिवर्तन गरेसँगै रोहितलाई पनि नयाँ सम्झौता दिएको थिएन । इभान कोलेभले जिम्मेवारी सम्हालेपछि क्लबले ल्याएको उज्बेकिस्तानका मिडफिल्डर जाहोनगिर अब्दुमुमिनोभले अपेक्षित प्रदर्शन गर्न नसकेपछि क्लबले रोहितलाई बोलाउने निर्णय गरेको थियो ।

बिहिबार इन्डोनेसिया प्रस्थान गरेका रोहित शनिबार क्लबमा अनुबन्ध भएको क्लबले जनाएको छ । उनले एक वर्षको लागि सम्झौता गरेका छन् । उनले अब क्लबको कप प्रतियोगिता र एएफसी कपमा खेल्नेछन् । लिग सिजन भने अझै दुई महिनापछि सुरु हुनेछ ।

रोहितले सिजनको अन्त्यपछि नेपालमै रहेर केहि समय बिताउँदै आएका थिए । पर्सिजाको समर्थकमाझ निकै लोकप्रिय रहेका रोहितको बहिर्गमनले क्लब निकै आलोचित हुँदै आएको थियो । समर्थकहरुले रोहितलाई फिर्ता बोलाउन क्लबलाई सामाजिक संजालमार्फत दबाब पनि दिएका थिए ।

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.