6 years ago
February 23, 2019
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्डद्वय नेयमार र किलियन एमबाप्पेले कुनै हालतमा क्लब नछाड्ने क्लबका अध्यक्ष नासेर अल खेलाफीले बताएका छन् ।
पछिल्लो समय यूईएफएको ‘फाइनान्सियल फेअर प्ले‘ (एफएफपी) को कारण दुई खेलाडीमध्ये एक जना क्लब छाड्न बाध्य हुने हल्ला चलेको थियो । तर अध्यक्ष खेलाफीले पीएसजीले कुनै नियम नतोडेको र दुवै खेलाडी क्लबमा रहने पक्का गरेका छन् । उनले यूईएफएले तोकेको नियममा रहेर नै खेलाडी अनुबन्धन प्रक्रिया चलिरहेको बताए ।
‘दुवै खेलाडी क्लबमा नै रहनेछन् । यसमा म १ सय प्रतिशत मात्र नभएर २ हजार प्रतिशत ढुक्क छु,’ उनले भने, ‘ उनीहरु दुवै पेरिस मा नै रहनेछन् । फ्रान्सका केहि संचारमध्यमले जनाएअनुसार हामीले नेयमार वा एमबाप्पेलाई बेच्नुपर्ने स्थिति छैन । दुवै यहीँ रहनेछन् ।’
ब्राजिलियन फरवार्ड नेयमार चोटका कारण अहिले ब्राजिलमा उपचाररत छन् । उनले अर्को महिना मैदानमा पुनरागमन गर्ने अपेक्षा गरिएको छ । अर्का फरवार्ड एडिन्सन काभानी पनि घाइते भएको अवस्थामा एमबाप्पेले अहिले पीएसजीको आक्रमणको नेतृत्व सम्हालिरहेका छन् । उनले जारी सिजन लिगमा २० गोल गर्दै एकै सिजनमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाम गरेका छन् ।
लिग तालिकामा पीएसजीले १४ अंकको अग्रता लिएको छ । यसक्रममा क्लबले दोस्रो स्थानको लिलभन्दा २ खेल कम पनि खेलेको छ । यससँगै पीएसजीले च्याम्पियन्स लिगमा पनि म्यानचेस्टर युनाइटेडविरुद्ध पहिलो लेगमा २-० को अग्रता बनाएको छ ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]