6 years ago
February 23, 2019
एजेन्सी – फरवार्ड क्रिस्टोफ पियाटेकले आफ्नो उच्च लयलाई निरन्तरता दिएपछि इटालियन सिरी ए अन्तर्गत शुक्रबार एसी मिलानले एम्पोलीलाई ३-० ले पराजित गरेको छ । लगातार गोल गरिरहेका पियाटेकले गोलकर्ता सुचिमा लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पनि चुनौती दिएका छन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमै पियाटेकले मिलानलाई अग्रता दिलाए । उनले ४९ औं मिनेटमा गोल गर्दै मिलानको लागि छैटौं खेलमा सातौं गोल गरे । ५१ औं मिनेटमा फ्रान्क केसीले अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा सामु कास्टिलेजोले गोल गर्दै मिलानको फराकिलो जित पक्का गरे ।
पियाटेकले सिरी ए मा मिलानको लागि पाँच खेल खेल्दै पाँच गोल गरेका छन् । त्यसअघि उनले जेनोआका लागि १९ खेलमा १३ गोल गरेका थिए । लिगमा कुल १८ गोल गरेका पियाटेक सर्वाधिक गोलकर्ताको सुचिमा रोनाल्डो भन्दा १ गोल पछाडी छन् । पोल्यान्डका २३ वर्षीय फरवार्ड जनवरीमा जेनोआबाट मिलान आएका थिए ।
मिलान आएपछि पियाटेकले आफ्नो लयलाई निरन्तरता दिंदै ऐतिहासिक सफलतासुरुवात पाएका छन् । उनी मिलानको लागि पहिलो रोजाइमा खेलेको सुरुवाती चारै खेलमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि सन् १९९८ ओलिभिएर बिएरहफले यस उपलब्धि हासिल गरेका थिए ।
पियाटेकले यस सिजन सबै प्रतियोगितामा २६ गोल गरेका छन् । युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने सुचिमा लिओनेल मेसी ३० गोल गरेर शीर्ष स्थानमा छन् । पियाटेकले कोपा इटालियामा जेनोआका लाही ६ र मिलानका लागि २ गोल गरेका छन् ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]