6 years ago
February 22, 2019
एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पे पछिल्लो समय निकै उत्कृष्ट लयमा रहँदै आएका छन् । फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका एमबाप्पेले पीएसजीका लागि त्यसै लयलाई निरन्तरता दिइरहेका छन् ।
यसैबीच एमबाप्पेको प्रशंसामा अर्का फुटबलरले उनलाई रोक्न मेसीभन्दा पनि कठिन हुने बताएका छन् । फ्रान्सेली क्लब लियोनका ब्राजिलियन डिफेन्डर मार्सेलोले पछिल्लो समय दुवै खेलाडीसँग प्रतिस्पर्धा गरे । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राउन्ड अफ १६ को पहिलो लेगमा बार्सिलोना लियोनसँग गोलरहित बराबरीमा रोकिँदा मार्सेलोले उत्कृष्ट प्रदर्शन गरेका थिए । मेसी र सुआरेजजस्ता स्टार सम्मिलित बार्सिलोनालाई लियोनले गोल गर्ने मौका नै दिएन ।
मार्सेलोले खेलपछि बोल्दै मेसीले अपेक्षित प्रदर्शन गर्न नसक्दा खेलमा नतिजा बराबर भएको बताए । उनले यसको तुलनामा एमबाप्पेसँग खेल्दा निकै कठिन भएको पनि बताए । ‘एमबाप्पेविरुद्ध लिगमा खेल्दा मलाई निकै कठिन भयो । मेसीले हामीविरुद्ध राम्रो खेल्न सकेनन् । तर जस्तो खेल्ने शैली एमबाप्पेको छ, उनको तीव्र गति, पोजिसन र वन भर्सेस वनको स्थितिमा उनलाई रोक्न निकै गाह्रो हुन्छ,’ उनले भने ।
‘मेरो विचारमा एमबाप्पे छिट्टै नै विश्वको सर्वोत्कृष्ट खेलाडीको रुपमा अगाडी आउनेछन् । मेसी र रोनाल्डोको तुलनामा उनले सुधार गर्नुपर्ने केहि पक्ष छन् । तर जसरी उनले आफूलाई विकास गरेका छन्, उनले चाडैं सबैलाई उछिन्नेछन्,’ मार्सेलोले थपे । फ्रान्सले विश्वकप उपाधि जित्नुले लिग वनको स्तर उकास्नमा पनि निकै सहयोग पुगेको मार्सेलोले बताए ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]