6 years ago
February 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भुटानको फुन्त्सोलिङमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको फाइनलमा रुस्लान थ्री स्टार क्लब र पारो फुटबल क्लब भिड्दैछन् । खेल नेपाली समयानुसार दिनको ३:१५ बजे सुरु हुनेछ ।
थ्री स्टारले भारतको युनाइटेड ब्रदर्शलाई सेमिफाइनलमा ३-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दिनेश राजवंशी, रन्जन विष्ट र बुद्ध चेम्जोङको गोलमा थ्री स्टार अगाडी बढेको थियो । त्यसअघि भुटानकै उग्वेन एकेडेमीलाई सडन डेथमा हराउँदै थ्री स्टारले प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।
यता पारो एफसी सेमिफाइनल पुग्ने भुटानको एकमात्र क्लब बनेको थियो । नेपालको त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै पारोले फाइनलमा स्थान पक्का गरेको थियो । नेपाली यू-१९ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक एवं कप्तान अर्पण कार्की पारोबाट खेलिरहेका छन् । उनले जयगावँ एफसीविरुद्ध क्वाटरफाइनल खेलमा म्यान अफ द म्याच पनि पाएका थिए ।
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न साधारण सभामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् । सहिद स्मारक बि डिभिजन लिगमा बढुवा भएको आरसी ३२ को प्रतिनिधिका रुपमा थापाले बैशाख २६ गते हुने साधारण सभामा भाग लिने भएका हुन् । यो साधारण सभामा आरसी ३२ ले सी डिभिजन […]
April 28, 2025
नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा पुलिसले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १-१ गोल गरे […]
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका लागि ३० खेलाडी डाकिएका छन्। टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओसविरुद्धको खेलका प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ । नेपालले जेठ २२ गते (जुन ५) हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने छ । […]