6 years ago
February 22, 2019
एजेन्सी – बाटे बोरिसोभको मैदानमा पहिलो लेगमा बेहोरेको १-० को हारको नतिजालाई उल्ट्याउँदै इंग्लिस प्रिमियर लिग आर्सनल यूएईएफए युरोपा लिगको अन्तिम १६ चरणमा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनलले बाटेलाई ३-० ले हराउँदै समग्रमा ३- १ को जित दर्ता गर्यो ।
खेलको चौथो मिनेटमा नै आर्सनलले अग्रता लिएको थियो । पिएर एमेरिक औबामेयाङको क्रसलाई बाटेका डिफेन्डर जाखार भोल्कोभले आफ्नै पोपोस्टतर्फ छिराए । त्यसको चार मिनेटमा नै बाटेले बराबरी गर्ने मौका पाएको थियो । स्टानीस्लाभ ड्रागुनको प्रहारलाई स्टेफान लिक्सटाइनरले गोललाइनबाट बचाएका थिए ।
३९ औं मिनेटमा आर्सनलले अग्रता दोब्बर बनायो । ग्रानीट झाकाको कर्नरमा स्कोड्रान मुस्ताफिले हेडरमार्फत गोल गरे । दोस्रो हाफको ६० औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका सोक्राटिस पापास्थाथोपोउलोसले हेडर गोल गर्दै आर्सनलको जित पक्का गरे ।
आर्सनलले घरेलु मैदानमा खेलेको युरोपेली खेलमा लगातार तेस्रो क्लिन सिट राख्न सफल भयो । पहिलो लेगमा पछाडी परेको स्थितिलाई आर्सनलले १० वर्षपछि उल्टाएको हो । यसअघि सन्२०१० मा च्याम्पियन्स लिगमा पोर्टोविरुद्ध पनि दोस्रो लेगमा जित हात पारेको थियो । युरोपा लिगको अन्तिम १६ ड्र शुक्रबार हुँदैछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]