6 years ago
February 22, 2019
एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी माल्मोलाई पराजित गर्दै यूईएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदानमा ३-० को जित दर्ता गर्दै चेल्सी ५-१ ले विजयी रह्यो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ५५ अौं मिनेटमा अोलिभिएर जिरुडले चेल्सीको लागि गोलको खाता खोले । ७३ अौं मिनेटमा माल्मोका रास्मस बेङगस्टन दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि माल्मो १० खेलाडीमा सिमित भयो ।
त्यसको लगत्तै रस बार्कलीले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै चेल्सीलाई जित नजिक पुर्याए । ८४ अौं मिनेटमा क्यालम हड्सन अोडोईले अर्को गोल थप्दै चेल्सीको जित पक्का गरे । पहिलो लेगमा चेल्सी २-१ ले विजयी रहेको थियो ।
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले चौथो जित हात पारेको छ। बाँसबारीले आज नयाँबस्ती युथ क्लबलाई २-० ले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल भएन। दोस्रो हाफमा भने बाँसबारीको लागि सुखद रहयो। खेलको ६८ औं मिनेटमा विके राईले एकल प्रयासमा बललाई […]