6 years ago
February 21, 2019
पोखरा(हाम्रो खेलकुद)- आयोजक सहारा क्लब पोखराको चुनौती सडनडेथमा समाप्त पार्दै विभागीय नेपाल एपीएफ क्लब पोखरामा बिहीबारबाट शुरु भएको १७औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा एपएिफले आयोजकमाथि सडनडेथमा ५–४ को जित निकालेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरी र थप गरिएको समयमा पनि गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टी सुटआउटमा एपीएफका सुदिप शिख्राकार, सन्तोष कटवाल, बिकी लामा र अशिष लामाले गोल गरे । रोमन रसाइलीले गोल गर्न सकेनन् । सहाराका साहिद, पदम भट्टराई, अनिल गुरुङ र विष्णु गुरुङले गोल गरे । कप्तान सुशिल लामाले गोल गर्न सकेन । ५ पेनाल्टीमा ४–४ गोल भएपछि खेल सडनडेथमा पुगेको थियो ।
सडनडेथमा एपीएफका बुद्धिमान राईले गोल गर्दा साहराका अन्जन देवकोटाले गोल गर्न सकेनन् । त्यसअघि खेलको १७औं मिनेटमा घरेलु टोली साहराले विनोद गुरुङको गोलबाट अग्रता बनाएको थियो । तर घरेलु टोलीको त्यो अग्रता एक मिनेट पनि टिकेन । १८औं मिनेटमा एपीएफका आशिष लामाले बराबरी गोल फर्काएका थिए ।
प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । हिम श्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा १८ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको चर्चित ‘ए’ डिभिजन क्लबका साथै दुई विदेशी टोली गरी १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा मनाङ–मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, थ्री स्टार क्लब, आयोजक सहारा क्लब पोखरा, क्यामरुनको डाफिन्स फेमिली टिम र हिमालयन शेर्पा क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाई ३२ लाख २ हजार बचत गरिने क्लबको लक्ष्य रहेको आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर, वेष्ट अफ फाइभ विधातर्फ जनही १५ हजार र ट्रफी दिइनेछ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]