6 years ago
February 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारतको गुवाहाटीमा जारी डा। तालिमेरेन टिओ फुटबल च्याम्पियनसिप (यू २१ )को दोस्रो खेलमा एन्फा ११ ले फराकिलो जित हासिल गरेको छ । अभिषेक रिजालले ४ गोल गरेको बिहीबारको खेलमा एन्फाले त्रिपुरा फुटबल टोलीलाई ८–० ले हराएको छ ।
पहिलो हाफमा २–० को अग्रता बनाएको एन्फाले दोस्रो हाफमा मात्र आधा दर्जन गोल थपेको थियो । अभिषेकले चारै गोल दोस्रो हाफमा गरेका थिए । खेलको चौथो मिनेटमा प्रेजन तामाङको गोलबाट एन्फाले अग्रता लिएको थियो । नितिन थापाको पासमा प्रेजनले गोल गरेका थिए । ३१ औं मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि एन्फाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।
अभिषेकले ५२,६६ र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनले चौथो गोल ७८ मिनेटमा गरेका हुन् । त्यसअघि पहिलो गोल गरेका प्रेजनले ६७ ओं र धिरज श्रेष्ठले ७७ मिनेटमा गोल गरेका थिए । अभिषेक खेलको म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको पहिलो खेलमा एन्फा टोली मेघालयसँग ३–२ ले पराजित भएको थियो । अब एन्फाले शनिबार तेस्रो खेलमा मणीपुरसँग प्रतिस्र्धा गर्नेछ ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]