default_image

6 years ago

February 21, 2019

गोलकिपर किरणलाई सहाराको सम्मान

110 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङलाई सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७४ बाट सम्मान गरेको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करणको उद्घाटनका दौरान किरणलाई सम्मान गरएको हो ।

उनलाई सहाराका पदाधिकारीले नगदसहित सम्मान गरेका हुन् । उनले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
सहाराले गत वर्षदेखि राष्ट्रिय टोलीमा रहेका एक खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी गरेको थियो । गत वर्ष राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई सम्मान गरिएको थियो । त्यसअघि क्लबले पुराना खेलाडीलाई सम्मान गथ्र्यो ।

राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरणले यो सिजन माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवासायिक फुटबल खेलेका थिए । उनको उच्च प्रदर्शनबाट प्रेरित टोली माल्दिभ्सको लिग च्याम्पियन बनेको थियो । किरण लिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए ।

सहारा क्लबको आयोजनामा सुरु हुने आहा गोल्ड कपमा १० टोलीको सहभागिता रहेको छ । पोखरा रंगशालामा सुरु भएको उद्घाटन खेल आयोजक टोली र एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको विजेता टोलीले ८ लाख १ हजार र दोस्रो हुने टोलीले ४ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.