6 years ago
February 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहाटीमा जारी डा. तालिमेरेन टिओ फुटबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलको पहिलो हाफमा एन्फा यू २१ ले त्रिपुरा फुटबल टोलीविरुद्ध २–० को अग्रता लिएको छ ।
खेलको चौथो मिनेटमा नै एन्फा युवा टोलीले प्रेजन तामाङको गोलबाट अग्रता लिएको थियो । नितिन थापाको पासमा प्रेजनले गोल गरेका थिए ।
३१ औं मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि एन्फाले पहिलो हाफमा २–० को अग्रता लिएको हो । प्रतियोगिताको पहिलो खेलमा एन्फा टोली मेघालयसँग ३–२ ले पराजित भएको थियो ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]