default_image

6 years ago

February 21, 2019

एट्लेटिकोले युभेन्टसलाई हरायो

92 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडले युभेन्टसलाई २-० ले पराजित गरेको छ ।

एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बलमा पकड बनाउँदै सुरुवाती अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार बेहोरेको हो । गोलरहित सकिएको पहिलो हाफ पछी एट्लेटिकोले दोस्रो हाफमा दुवै गोल गरेको थियो ।

खेलको ७८ अौं मिनेटमा जोसे जिमिनेजले घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको ५ मिनेटमा नै कप्तान डिएगो गोडिनले गोल गर्दै अग्रता दोब्बर पारे । उनको प्रहार रोनाल्डोलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि अल्भारो मोराटले खेल बराबरीमा रहँदा गरेको गोेल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएको थिएन ।

यस नतिजासँगै एटलेटिकोले घरेलु मैदानमा यूईएफए च्याम्पियन्स लिगको नकअाउट खेलमा अपराजित यात्रा कायमै राखेको छ ‌। युभेन्टसले एटलेटिकोविरुद्ध च्याम्पियन्स लिगको खेलमा गोल गर्न सकेको छैन । दोस्रो लेग मार्च १२ मा युभेन्टसको घरेलु मैदानमा हुनेछ ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.