6 years ago
February 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा थ्री स्टारले युनाइटेड ब्रदर्शलाई ३-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
रुस्लान थ्री स्टारले खेलको १७ औं मिनेटमा दिनेश राजवंशीको गोलमा अग्रता लिएको थियो । लगत्तै रन्जन विष्टले २० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । युनाइटेडका लागि विशिष्ट सुब्बाले ३२ औं मिनेटमा गोल फर्काएपछि अग्रता घटेको थियो ।
खेलको ८२ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै थ्री स्टारलाई पुन: २ गोलको अग्रता दिलाए । इन्ज्युरी समयको पहिलो मिनेटमा युनाइटेडले अर्को गोल फर्कायो । पिटर सेगुनले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा सोनम लेप्चाले गोल फर्काएपनि थ्री स्टार जित दर्ता गर्न सफल रहयो ।
थ्री स्टारले अब उपाधि भिडन्तमा पारो फुटबल क्लबको सामना गर्नेछ । पारोले नेपालको त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल शुक्रबार हुनेछ ।
April 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]