6 years ago
February 20, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति जर्मन क्लब साल्केले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तर्गतको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेल साल्केको घरेलु मैदानमा हुन लागेको हो । खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेपछि हुनेछ ।
पछिल्लो समय उच्च प्रर्दशन गरिरहेको तथा उपाधिको दावेदारको रुपमा रहेको सिटीलाई रोक्न घरेलु टोलाीलाई कठिन हुने देखिन्छ । तर, जर्मन बुन्डेस लिगामा औसतको प्रदर्शन गरिरहेको साल्के सिटीलाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ । साल्केले पछिल्लो तीन संस्करणमा प्रि–क्वाटरफाइनल पार गर्न सकेको छैन । तर, साल्के घरेलु मैदानमा भएको च्याम्पियनस लिगको ९ खेलमा अपराजित रहेको छ । जसमा ६ जित र ३ बराबरी रहेको छ ।
यता, सिटी साल्केलाई पराजित गर्दै क्वाटरफाइनल यात्रालाई थप बलियो बनाउन चहान्छ । सिटी जर्मन प्रतिद्वन्द्वीविरुद्ध सन् २०१४ यता अपराजित छ । सिटी सन् २०१४ सेप्टेम्वरमा बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो । सिटीसँग सर्जियो अग्विरो, गाब्रियल जेसस, रहिम स्ट्रलिङ, लिरोए साने, रियाद महारेज, डेभिड सिल्भा, फर्नान्डिन्हो जस्ता विश्वस्तरीय खेलाडीहरुको साथ रहेको छ ।
पछिल्ला ५ खेलमा सिटीले ४ खेलमा जित हात पार्द १ मा हारको नतिजा निकालेको छ । यसक्रममा सिटीले बलियो आर्सनल र चेल्सीलाई पराजित गर्दै साल्केविरुद्धको खेलका लागि तयार रहेको संकेत दिएको छ । साल्के छाडेर अघिल्लो सिजन म्यानचेस्टर सिटी आएका जर्मन विंगर लेरोए सानेको लागि यस खेल विशेष हुनेछ ।
सिटी समूह ‘एफ’ को विजेता तथा साल्के समूह ‘डी’को उपविजेता बन्दै प्रि–क्वाटर फाइनलमा पुग्न सफल भएको थियो । दोस्रो लेग १३ मार्चमा सिटीको मैदानमा हुनेछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]