6 years ago
February 20, 2019
एजेन्सी – फ्रान्सेली क्लब लियोनका गोलरक्षक एन्थोनी लोपेसको उत्कृष्ट प्रदर्शनसँगै यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ ।
स्टार खेलाडीले भरिएको बार्सिलोनाले खेल अवधिभर २५ अवसर सिर्जना गरेपनि त्यसमा गोलरक्षक लोपेस बाधक बनिरहे । खेलको सुरुवाती समयदेखि नै अवसर पाएको बार्सिलोनाका लागि लियोनेल मेसी, लुइस सुआरेज, फिलिपे कोउटिन्हो, अोस्मान डेमबेले लगायतले अवसर चुकाए ।
बार्सिलोनाको पछिल्लो ५ खेलमा यो चौथो बराबरी नतिजा हो । च्याम्पियन्स लिगको नकअाउट चरणका अवे खेलमा बार्सिलोनाले जित दर्ता गर्न नसकेको यो लगातार छैटौं पटक हो । लियोनले भने सातौं प्रयासमा पनि बार्सिलोनालाई पराजित गर्न सकेन ।
दोस्रो लेगको खेल मार्च १३ मा क्याम्प नोउमा हुनेछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]