6 years ago
February 19, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा अपराजित रहेका दुई टोली बार्सिलोना र लियोन प्रतियोगिताको राउण्ड अफ १६ को पहिलो लेगमा खेल्दैछन् ।
युरोपका ठूला टोलीलाई पराजित गरेको लियोन बार्सिलोनालाई स्तब्ध पार्ने तयारीका साथ मैदान उत्रनेछ । लिग वनमा पेरिस सेन्ट जर्मेनलाई पराजित गरेको लियोनले समूह चरणमा म्यानचेस्टर सिटीलाई पाखा लगाएको थियो । बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट्स पनि लियोनलाई कमजोर रुपमा नलिने बताउँछन् ।
‘म् लियोनलाई निकै सम्मान गर्छु । पीएसजीलाई पराजित गर्नु सहज कार्य होइन,’ उनले भने, ‘लियोनको मिडफिल्डमा निकै छरिता खेलाडी छन् । आक्रमणमा पनि स्तरीय खेलाडीहरु छन् । हामीले निकै मिहिनेत गर्नुपर्छ ।’
लियोनका कप्तान नाबिल फेकिर प्रतिबन्धमा छन् भने अर्का मिडफिल्डर तान्गु एनदोम्बेले चोटका कारण खेल्ने नखेल्ने शंकामा छ । बार्सिलोनाका डिफेन्डर स्यामुएल उम्टिटीले यस खेलमा चोटबाट पुनरागमन गर्ने सम्भावना रहेको छ । थोमस भर्मालेन भने चोटका कारण उपस्थित रहने छैनन् ।
पछिल्लो पटक यी दुई टोलीले सन् २००८/०९ को राउण्ड अफ १६ मा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला बार्सिलोना ६-३ ले विजयी रहेको थियो । लियोनले राउण्ड अफ १६ पुगेको पछिल्लो ६ प्रयासमा एक पटक मात्र अगाडी बढेको छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]