6 years ago
February 18, 2019
मड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल मड्रिडले यो सिजन राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । सिजनको सुरुवातमै सुपरस्टार क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्नुले पनि रियलले कमजोर प्रदर्शन गरिरहेको आँकलन गरिएको छ ।
खेलाडी अनुबन्धमा मोटो रकम खर्च गर्ने रियलले रोनाल्डोको बर्हिगमनपछि मोटो रकम खर्चन चाहेन । सिजनको सुरुमै ब्राजिली नेयमार जुनियर र बेल्जियन फरवार्ड इडेन हजार्डलाई अनुबन्ध गर्ने हल्ला चलाइएपनि रियलले उनीहरुलाई अनुबन्ध गर्न मिहेनत नै गरेन ।
क्लबकै पुराना खेलाडीलाई विश्वास गर्दै केही जुनियर खेलाडीलाई रियलले टिममा समेट्यो । जुनियर मध्येको भिनिसियस जुनियरले पछिल्लो समय रियलमा राम्रो प्रदर्शन गर्दै ठुलो स्टार बन्ने आधार तयार पार्दा अन्य खेलाडीको प्रदर्शन औसत देखिएको छ । रोनाल्डो नहुँदा रियलमा अर्का स्टार ग्यारेथ बेलले अझै चम्कने मौकालाई सदुपयोग गर्न सकेका छैनन् । फरवार्ड करिम बेन्जेमा पछिल्लो समय आफ्नो लय समात्ने प्रयासमा छन् । यसै सिजन रियलमा अनुबन्ध भएका मारियानो डियाजले कमै मौका पाएका छन् ।
लगातार खराव प्रदर्शन गरिरहँदा क्लबले अर्काे सिजको समर ट्रान्सफरमा ठुलै रकम खर्च गर्ने लक्ष्य लिएको छ । यसै सिजन क्लबमा अनुबन्ध गर्ने प्रयास गरिएका ब्राजिल तथा फ्रेन्च लिग वान क्लबका फरवार्ड नेयमार जुनियरलाई रियलले जसरी पनि अनुबन्ध गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।
बेलायती सञ्चारमाध्यम ‘दि टाइम्स’ का अनुसार नेयमार फ्रान्समा खुशी नरेहको उनी स्पेनमा फर्कने चाहनामा रहेको उल्लेख गरेका छन् । त्यसैले रियलले नेयमारलाई क्लबमा अनुबन्ध गर्न प्रयास थालेको हो । नेयमार सन् २०१७ मा क्याटलान क्लब बार्सिलोनाबाट विश्व कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएको थिए ।
पीएसजीले अर्का फरवार्ड केलियन एमबाप्पे अनुबन्ध गर्दा यूईएफए फाइनान्सियल फेयर प्लेको नियम विपरित गरेका कारण पनि नेयमारलाई पीएसजी छाड्न सहज हुने कारण पनि रियलले नेयमारलाई अनुबन्ध गर्ने प्रक्रिया अघि बढाएको हो ।
यदि रियलले नेयमारलाई अनुबन्ध गर्न नसके बेल्जियन तथा चेल्सीका फरवार्ड इडेन हजार्डलाई दोस्रो विकल्पको रुपमा अघि सारेको छ । नेयमार रियलमा अनुबन्ध भए हजार्डको रियल यात्रा टुंगिने छ । नेयमारलाई अुनबन्ध गर्न नसके हजार्डको रियलमा अनुबन्ध हुने ढोका खुल्नेछ । चेल्सीमा हजार्डको सम्झौता २०२० जुनसम्म रहेको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]