default_image

6 years ago

February 18, 2019

‘मेसीले फुटबल सहज बनाउँछन्’

107 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी र फ्रान्सेली युवा फरवार्ड ओस्मान डेम्बेलेले जारी सिजन ४३ गोल गरेका छन् । बार्सिलोनाको उत्कृष्ट प्रदर्शनमा यी दुई खेलाडीको प्रदर्शन नै निर्णायक सावित हुँदै आएको छ ।

डेम्बेलेले मेसीको खेल शैलीको प्रश्नासा गर्दै उनको उपस्थितिले खेल्न सजिलो हुने बताएका छन् । ‘ मेसी उत्कृष्ट खेलाडी हुन् । उनको उपस्थितिले फुटबल खेल्न नै सहज हुन्छ,’ उनले भने, ‘मैले दिएको सहज पासमा उनले अनेक कार्य गरिरहेका हुन्छन् । उनी खेलमा हुँदा विपक्षी टोलीले उनलाई धेरै ध्यान दिने हुनाले पनि मलाई अझै सहज हुन्छ । ‘ मेसीले जारी लिगमा २२ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा शीर्ष स्थानमा रहेका छन् ।

बोरुसिया डर्टमुन्डबाट बार्सिलोना आइपुगेका डेम्बेलेलाई सिजनको सुरुवातमा निकै कठिन भएको थियो । चोटका कारण केहि खेल गुमाएका उनले अनुशासन कारवाही पनि खेपेका थिए । पछिल्लो समय भने उनको प्रशिक्षक एर्नेस्टो भालभेर्डेसँग सम्बन्ध सुमधुर रहेको छ । उनले लगातार राम्रो प्रदर्शन गर्दै पीएसजी लागेका नेयमारको स्थान पनि लिइसकेका छन् ।

बार्सिलोनाले च्याम्पियन्स लिगको खेलमा मंगलबार लियोनको सामना गर्दैछ । डेम्बेलेले फ्रान्समा रेन्नेसबाट खेल्दा लियोनको सामना गरिसकेका छन् । ‘लियोन राम्रो टोली हो । उनीहरुको मैदानमा गएर इतन हामीले निकै मिहिनेत गर्नुपर्छ । लियोनले म्यानचेस्टर सिटी र पीएसजीलाई पराजित गरेर आफ्नो स्तर प्रमाणित गरिसकेको छ,’ उनले थपे ।

बार्सिलोना जारी सिजन सहभागी भएको सबै प्रतियोगिताको उपाधि होडमा रहेको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले कोपा डेल रे को पहिलो लेगमा पनि रियल म्याड्रिडसँग बराबरी खेलेको छ । तेहेरो उपाधि जित्ने सुरमा रहेको बार्सिलोनाले मुख्यत: च्याम्पियन्स लिगमा धेरै ध्यान दिने डेम्बेलेले बताए ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.