6 years ago
February 18, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार दोस्रो स्थानको नेपोली र नवौं स्थानको टोरीनोको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
नेपोलीको घरेलु मैदानमा नवनियुक्त कप्तान लोरेन्जो इन्सिगने पाएका अवसर सदुपयोग गर्न नसक्दा खेलमा कुनै गोल हुन सकेन । नेपोलीले अधिकांश समय दबाब बनाएपनि टोरीनोका गोलरक्षक साल्भाटोरे सिरिगु लगातार बाधक बनिरहे । यसअघिको खेलमा पनि नेपोली फिओरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
बराबरीले शीर्ष स्थानको युभेन्ट्सलाई निकै फाइदा पुगेको छ । युभेन्ट्सले १३ अंकको अग्रता लिंदै उपाधि जित्ने सम्भावनालाई अझै बलियो बनाएको छ । युभेले जारी सिजन अपराजित यात्रा कायम गर्दै २४ खेलमा २१ जित र ३ बराबरीसहित ६६ अंक जोडेको छ । यता दोस्रो स्थानको नेपोली २४ खेलमा १६ जित, ५ बराबर र ३ हारसहित ५३ अंकमा रहेको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]