default_image

6 years ago

February 18, 2019

एमबाप्पेको गोलमा पीएसजीको जित

71 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेको निर्णायक गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिगअन्तर्गत आइतबार सेन्ट एटिएनलाई १-० ले पराजित गरेको छ ।

एमबाप्पेले दोस्रो हाफको ७३ अौं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले ड्यानी अाल्भेसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट एटिएनले केहि दवाव सिर्जना गरेपनि पीएसजीले जित दर्ता गर्न सफल रह्यो ।

स्टार फरवार्डद्वय नेयमार र एडिन्सन काभानीविनै खेलिरहेको पीएसजीले शीर्षस्थानमा अग्रता बढाएको छ । पीएसजीको २३ खेलमा ६२ अंक रहेको छ । २५ खेलमा ५० अंक बोकेको लिल दोस्रो स्थानमा छ ।

February 6, 2025

ब्राइट होराइजनको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]

February 6, 2025

प्लानिङ ब्वाइज नव ज्योति च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडझापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि […]

February 6, 2025

सडन डेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र नायक

पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]

Success

Thank you for your time.