9 years ago
April 22, 2016
लन्डन (एजेन्सी)- इड्लिस प्रिमियर लिग अन्तिम चरणतर्फ अघि बढिरहँदा रोमाञ्चक बन्दै गएको छ । अलेक्स सान्चेजको २ गोलमा आर्सनलले गए राती वेस्टब्रुमलाई २-० ले हराउँदै शीर्ष ४ मा पर्ने सम्भावनालाई थप मजबुद बनाएको छ ।
जितपछि आर्सनल तेस्रो स्थानमा उक्लदा म्यानचेस्टर सिटी चौथो स्थानमा खस्केको छ । अघिल्ला दुई खेल बराबरीमा चित्त बुझाएको आर्सनलका लागि बिहीबार छैटौं मिनेटमा पहिलो गोल गरेका सान्चेजले अर्को गोल पहिलो हाफ हुन ७ मिनेट बाँकी रहँदा गरेका थिए । उनले दोस्रो गोल प्रिकिकमा गरेका थिए । दोस्रो स्थानको टोटेनह्याभन्दा आर्सनल अझै ५ अंकले पछाडी छ । पाँचौं स्थानको म्याचेस्टर युनाइटेडलाई पनि आर्सनलले ५ अंकले नै पछाडी पारेको छ । शीर्षस्थानको लेस्टर सिटीको ७३ अंक छ ।
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]