6 years ago
February 17, 2019
एजेन्सी – युवा खेलाडी फिल फोडेनको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले एफए कपअन्तर्गत शनिबार भएको खेलमा न्यूपोर्ट काउन्टीलाई ४-१ ले पराजित गरेको छ । यससँगै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफमा तल्लो श्रेणीको न्यूपोर्टले सिटीको दबाबलाई परास्त गर्दै गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफको ५१ औं मिनेटमा लेरोय सानेले गोल गर्दै सिटीलाई अगाडी बढाए । फोडेनले ७५ औं मिनेटमा अग्रता दोब्बर पारे । न्यूपोर्टका लागि अमोन्डले ८८ औं मिनेटमा गोल गर्दै अग्रता घटाएका थिए ।
लगत्तै फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको २ गल्को अग्रता पुन: स्थापना गरे । फोडेनको जारी सिजन कप प्रतियोगितामा यो पाँचौ गोल हो । इन्ज्युरी समयको चौथो मिनेटमा रियाद माहरेजले गोल गर्दै सिटीको जित पक्का गरे ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]