default_image

6 years ago

February 16, 2019

युभेन्टसको सहज जित, अपराजित यात्रा कायमै

92 views

0 Bookmark

एजेन्सी – इटालियन लिगको साविक विजेता युभेन्टसले लिगअन्तर्गत शुक्रबार फ्रोसिनोनेलाई ३-० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ ।

लिगको शीर्षस्थानमा अग्रता बढाउने क्रममा युभेन्टसले खेलको सुरुवाती समयदेखि दवाव बनाएको थियो । छैटौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले दिएको पासमा पाउलो डिबालाले गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाए । १७ अौं मिनेटमा लिअोनार्डो बोनुचीले दोस्रो गोल थपे ।

दोस्रो हाफको ६३ अौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले सिजनको व्यक्तिगत १९ अौं गोल गर्दै युभेन्टसको जित पक्का गरे । उनी लिगमा सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा रहेका छन् । उनले यसक्रममा ९ असिस्ट प्रदान गरेका छन् ।

लिगको अंक तालिकामा युभेन्टस २४ खेलमा ६६ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको नेपोलीले २३ खेलमा ५२ अंक जोडेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.