6 years ago
February 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतमा जारी हिरो गोल्डकपको उपविजेतामा समिति भएको छ । शुक्रबार भएको फाइनलमा नेपाल म्यानमारसँग ३-१ ले पराजित भयो ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको थियो । म्यानमारका लागि यी यी ओले गोल गरेकी थिइन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाटआएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली प्रहारमा गोल गरिन् ।
पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले बराबरी गोल फर्काइन । गीता रानाको फ्रिकिकमा मन्जलीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा नेपाललाई दबाबमा राखेपनि बराबरी खेलेको म्यानमारले दोस्रो हाफमा पनि दबाब कायम राख्यो । ५३ औं मिनेटमा म्यानमारका लागि विन थेंगी तुनले गोल गर्दै म्यानमारलाई पुन: अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रभित्र चलाखीपूर्ण टर्न गर्दै डिफेन्स र गोलरक्षकलाई बिट गर्दै गोल गरिन् ।
म्यानमारले खेलको ६३ औं मिनेटमा अग्रता दोब्बर पार्यो । यी यी ओले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याइन । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारलाई नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाउन सकिनन् ।
प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको नेपालले त्यसपछि भारतलाई २-१ र इरानलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अर्को महिना विराटनगरमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल पुगेको टोलीले प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्न सफल रहयो ।
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका महान् फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेट भएको हो । प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए। प्रधानमन्त्री ओलीले कार्लाेसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित […]
April 23, 2025
एजेन्सी – माथियस नुनेसले इन्ज्युरी समयमा गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा मंगलवार म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २-१ ले हराएको छ। यो जितले सिटीको युइएफए च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई थप बलियो बनेको छ । नुनेसले इन्ज्युरी समयको चौथो मिनेटमा जेरिमी डोकुको पासमा निर्णायक गोल गरे। जुन सिटीका लागि प्रिमियर लिगमा पहिलो गोल हो। पेप ग्वार्डिओलाको […]
April 23, 2025
एजेन्सी – ला लिगामामा बार्सिलोनाले शीर्ष स्थानको पकडलाई थप मजबुत बनाएको छ। मालोर्का मंगलवार १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको दूरीलाई पुनः७ अंकले बढाएको छ।दानी ओल्मोको गोलमा बार्सिलोनाले जित निकाल्यो । स्पेनिस मिडफिल्डर ओल्मोले दोस्रो हाफ सुरु भएको ४१ सेकेन्डमै गोल गरे । पहिलो हाफमा बार्सिलोनाले २४ ओटा प्रहार गर्दा पनि गोल गर्न सकेन। […]