default_image

6 years ago

February 15, 2019

हिरो गोल्डकप फाइनल : पहिलो हाफ १-१ को बराबरीमा

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिरो गोल्डकपअन्तर्गत नेपाल र म्यानमारबीच जारी फाइनल खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको हो । म्यानमारका लागि यी यी ओले गोल गरेकी हुन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली प्रहारमा गोल गरेकी हुन् ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले बराबरी गोल फर्काइन । गीता रानाको फ्रिकिकमा मन्जलीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो ।

नेपालले पहिलो खेलमा म्यानमारसँग ३-० को पराजय बेहोरेको थियो ।

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

Success

Thank you for your time.