6 years ago
February 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले म्यानमारविरुद्ध हिरो गोल्डकपको फाइनलका लागि टोलीमा परिवर्तन गरेको छैन । खेल नेपाली समयानुसार ६:१५ बजे सुरु भएको छ ।
समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरको टोलीले नै म्यानमारविरुद्ध खेल्ने भएको छ । उक्त खेलमा नेपालका लागि सावित्रा भण्डारीले २ तथा अनिता बस्नेतले १ गोल गरेका थिए । नेपाल त्यस जितसँगै समूह उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।
नेपालको लागि फाइनलमा टोलीको कप्तानी रेनुका नगरकोटेले नै गर्ने भएकी छिन् । उनलाई मिडफिल्डमा दिपा राईले सहयोग गर्नेछिन् । गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा तथा डिफेन्समा मनमाया लिम्बू, गीता राना, पुनम जर्घा मगर र हिराकुमारी भुजेल रहनेछन् । विङ्समा अनिता बस्नेत र मन्जलीकुमारी योन्जनले खेल्नेछन् । फरवार्ड सावित्र भण्डारीलाई सरू लिम्बूले सहयोग गर्नेछिन् ।
April 21, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबनेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। अन्तिम क्वाटर फाइनल खेलमा आज कर्णाली प्रदेश प्रदेश फुटबल संघलाफ ६-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। खेलको १८ औं मिनेटमा कर्णालीकी टिना रावतको आत्मघाती गोलबाट एपिएफले अग्रता लियो । ३५ औं मिनेटमा एपिएफकी रेनुका नगरकोटेले […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगैउमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ७६ औं मिनेटमा विनोद […]