6 years ago
February 16, 2019
बार्सिलोना (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पुनः बार्सिलोना फर्कने सम्भावनाका विषयलाई बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले अस्वीकार गरेका छन् । अध्यक्ष बार्टोमेउले आयक्सका रक्षक माथिस डे लिट प्रति भने क्लबको चासो रहेको बताएका छन् ।
नेयमार सन् २०१७ मा कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । उनी पेरिस पुगेको केहि समययता देखि नै फेरि स्पेन फर्कने सम्भावना रहेको खबर चर्चामा थियो । तर, बार्सिलोना अध्यक्ष बार्टोमेउले भने ती सबै चर्चाको खारेज गरेका छन् ।
‘नेयमारसँग कुरा भएको छ । केहि पटक हाम्रो बीचमा भेट पनि भएको छ । तर कसैले पनि उनी फर्कन चाहेको बताएका छैनन्’ , उनले भने, ‘नेयमारको पीएसजीसँग सम्झौता छ । यो उनको दोस्रो सिजन हो । पीएसजीले उनलाई विक्री गर्छ भन्ने सोच्नु कठिन विषय हो । हामी त्यो चाहदैनौं पनि ।’
आयाक्सका डिफेन्डर डे लिटप्रति भने क्लबले इच्छा देखाएको छ । ‘हालै क्लबले आयक्सबाट फ्रेन्की डी जोङलाई भित्राएको छ । त्यसबाहेक लिज्टलाई पनि भित्राउन क्लबको योजना रहेको छ ।
उनी जस्तो खेलाडीप्रति हाम्रो रुचि छ । यो सत्या हो । हामी अर्को महत्वपूर्ण खेलाडी हुन्’, उनले भने, ‘मार्च वा अप्रिलमा हामी अझै विचार गर्नेछौं । हामीसँग अझै समय बाँकी छ । ‘
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]