6 years ago
February 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार म्यानमारसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।
नेपाल समूह उपविजेताको रुपमा फाइनल पुगेको हो । पहिलो खेलमा म्यानमारसँग ३-० को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै सुखद पुनरागमन गरेको थियो । अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेसँगै नेपालको फाइनल यात्रा सहज भएको हो ।
यता समूह विजेताको रुपमा फाइनल यात्रा तय गरेको म्यानमार भने निकै बलियो देखिएको छ । म्यानमारले समूह चरणका तीन खेलमा जित दर्ता गर्दै समूह विजेताको रुपमा फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा नेपाललाई ३-० ले पराजित गरेको म्यानमारले अन्तिम दुई खेलमा इरान र भारतलाई समान २-० ले पराजित गरेको हो ।
नेपालले यसअघि ओलम्पिक छनोटमा पनि म्यानमारसँग खेलेको थियो । उक्त खेलमा नेपालले अग्रता लिनुका बाबजुद बराबरीको नतिजा हात पारेको थियो । साफ च्याम्पियनसिपको तयारीको रुपमा लिइएको यस प्रतियोगितामा नेपाल सबैभन्दा कम वरीयता भएको टोली हो । शीर्ष वरियताको म्यानमारलाई उपाधिको प्रबल दावेदार मानिएको छ ।
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले चौथो जित हात पारेको छ। बाँसबारीले आज नयाँबस्ती युथ क्लबलाई २-० ले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल भएन। दोस्रो हाफमा भने बाँसबारीको लागि सुखद रहयो। खेलको ६८ औं मिनेटमा विके राईले एकल प्रयासमा बललाई […]