default_image

6 years ago

February 14, 2019

सागको स्वर्ण विजेता फुटबल टोलीले थप ३ लाख पाउने

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको झन्डै तीन वर्षपछि नेपाली यू २३ फुटबल टोलीले घोषित पुरस्कारको बाँकी रकम पाउने भएको छ । भारतमा सन् २०१६ मा सम्पन्न १२ औं सागमा नेपालले फाइनलमा भारतलाई २-१ ले पराजित गर्दै स्वर्ण पदक जितेको थियो

सरकारले टोलीका खेलाडीलाई सागका अन्य पदक विजेता खेलाडीलाई पुरस्कृत गर्दा जनही २ लाख रुपैयाँ दिएको थियो । माघ २५ गते बसेको मन्त्री परिषद बैठकले सागका स्वर्ण पदक विजेता टोलीका खेलाडी जनही थप ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले दशरथ रंगशालामा स्वर्ण पदक विजेता टोलीको स्वागतका दौरान जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । नेपालले १९९३ पछि फुटबलमा पहिलोपटक सन् २०१६ मा स्वर्ण पदक जितेको थियो । १९९३ मा राष्ट्रिय टोलीले स्वर्ण पदक जितेको थियो भने पछिल्लो पटक युवा टोली (यू २३) ले पहिलो स्थान हासिल गरेको थियो । २००४ को नवौं सागदेखि यू २३ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् ।

साग टोलीका २० खेलाडी :
विकेश कुथु, एलन न्यौपाने, अमृत चौधरी, आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, दिनेश राजवंशी, मानबहादुर तामाङ, कमल श्रेष्ठ, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, रन्जन विष्ट, सुनिल बल र सुमन लामा

मन्त्री परिषद्ले शारीरिक सुगठनका विश्व विजेता महेश्वर महर्जन ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । हालै यूएईलाई एक दिवसियी र टि ट्वान्टी सिरिजमा हराउने नेपाली टोलीका खेलाडीलाई पनि जनही ५ लाख रुपैयाँ दिने निर्णय लिएको छ । क्रिकेट, फुटबल र शारीरिक सुगठनका खेलाडीलाई गरि सररकाले १ करोड ५६ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

April 27, 2025

गोदावरी मेयर कप यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाको सहभागिता निश्चित भइसकेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिए । […]

April 27, 2025

महिला फुटबल टोलीको प्रशिक्षणमा ४८ खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण अर्को साता सुरु हुने भएको भएको छ। एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट चरणका लागि बैशाख २१ गते (मे ४ ) देखि बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ४८ खेलाडीको […]

April 27, 2025

यु १९ साफ च्याम्पियनसिप – नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- भारतमा आयोजना हुने यु १९ साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बैशाख २६ देखि जेठ ४( मे ९ देखि १८) सम्म आयोजना च्याम्पियनसिपका लागि आइतवार टोलीको अन्तिम छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा […]

Success

Thank you for your time.